आज ५ जनामा कोरोना संक्रमण देखियाे
काठमाडौं । सोमबार थप ५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ९५१ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।
त्यस्तै, गएको २४ घण्टामा २ जना कोरोनामुक्त भएका छन् भने २४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५८६ जनाले कोरोविरुद्ध खोप लगाएका छन् ।
छिमेकी मुलुकमा कोरोनाको नयाँ सबभेरियन्टल फैलिरहेको छ । नेपालमा पनि यसको लागि आवश्यक तयारी गरेको मन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयले सर्तकता अपनाउन सचेत गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया