प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय, महामन्त्रीले राखे असहमति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रतिनिधिसभा बैठक बस्नुअघि मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको कार्यसम्पादन समितिका एक सदस्यले जानकारी दिए ।
उनकाअनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । तर पार्टीको निर्णयप्रति महामन्त्री द्ववय गगन थापा, विश्वप्रकाश शर्मासहित चार जनाले असहमति जनाएका छन् ।
असहमति जनाउनेमा अर्जुननरसिंह केसी र बलबहादुर केसी रहेका छन् । यसअघि बिहान देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा विवाद भएपछि कार्यसम्पादन समिति बैठक बोलाएको हो ।
निर्णय लिन तत्काल कार्यसमिति बैठक बस्न असम्भव भएकाले केन्द्रीय समितिबाट पछि पारित गर्ने गरी निर्णय लिएको ती नेताले बताए । कांग्रेसको निर्णयले प्रचण्ड भारी मतले प्रधानमन्त्रीमा निर्वाचित हुने भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया