प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश, २ चैतबाट छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियाेग प्रस्ताव पेश भएको छ । एमालेको नाराबाजीबीच महाभियोगको प्रस्ताव पेश भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आइतबारको बैठकमा प्रस्ताव पेश गरेका हुन् ।
गुरुङले राणाबाट स्वतन्त्र न्यायपालिकाको मर्ममाथि नै प्रहार भएको, न्याय दिनुको साटो भ्रष्टाचार र विकृति फैलाएको भन्दै महाभियोग लगाउनु परेको बताएका छन् । १ फागुनमा राणामाथि संसद्मा राणामाथि महाभियोग पेश भएको थियो ।
महाभियोग संसदमा पेश भएलगत्तै संसद् बैठक २ चैतसम्मका लागि स्थगित भएको छ ।
अब प्रतिनिधिसभामा प्रस्ताव छलफलपछि त्यसलाई महाभियोग सिफारिस समितिमा पठाउने विकल्प छ ।
२२ फागुनमा प्रतिनिधिसभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । ११ सदस्यीय यो समितिमा सत्ता पक्ष, प्रतिपक्षसहितका दलबाट प्रतिनिधि छन् ।
प्रतिनिधिसभामा सामान्य छलफलपछि यो प्रस्ताव सिफारिस समितिमा जानेछ । त्यसपछि प्रधान्यायाधीश राणमाथि छानविनको प्रक्रिया अघि बढ्नेछ । हतारमा महाभियोग ल्याएको तर प्रक्रिया छिटो अगाडि नबढाएको भनेर दलहरूको आलोचना बढेको छ ।
माओवादीका प्रमुख सचेतक देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमु्ख सचेतक जीवनराम श्रेष्ठ र कांग्रेसका सचेतक पुष्पा भुसाल महाअिभयोगका प्रस्तावक हुन् । यी दलका ९५ सांसदको समर्थनमा महाभियाेग अघि बढेकाे हाे ।
ताजा अपडेट
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
प्रतिक्रिया