‘छड्के २’ मा भिटेनको र्याप

काठमाडौं । युवापुस्तामाझ चर्चित रहेका र्यापर भिटेनले फिल्मका लागि र्याप तयार पारेका छन् । अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘छड्के २’ का लागि उनले आफ्नै शब्द, सङ्गीत र स्वर रहेको र्याप गीत रेकर्ड गराएका छन् ।
बुधबार काठमाडौंस्थित एक स्टुडियोमा रेकर्ड सकिएपछि कथा सुहाउँदो रहेकाले फिल्मसँग जोडिएको संक्षिप्त प्रतिक्रिया दिए । ‘फिल्मको पात्रसँग सुहाउने भएकाले जोडिएको हुँ’, भिटेनले भने ।
फिल्मका निर्माता प्रशान्त गिरीले र्याप आवश्यक परेकाले समावेश गरिएको जानकारी दिए । ‘ग्याङस्टार जनरामा निर्माण भएको फिल्ममा अभिनेता केसीलाई अन्यभन्दा फरक पाउनु हुनेछ, हामी गीत-सङ्गीतमा समेत फरकपन दिन चाहन्छौँ’, निर्माता गिरीले भने । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आलेमगरको समेत अभिनय रहेको छ ।
चितवन र मुस्ताङमा छायाङ्कन गरिएको यो फिल्म ‘छड्के’ को सिक्वेल भएता पनि कथावस्तु नयाँ रहेको निर्देशक श्रेष्ठले बताए । ‘नामको मात्र सिक्वेल हो, विषयवस्तु फरक छ’, निर्देशक श्रेष्ठले भने । काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया