आजदेखि सञ्चालनमा आउँदै विश्वकै लामो क्रुज
काठमाडौं । भारतमा निर्माण गरिएको विश्वकै सबैभन्दा लामो क्रुज आजदेखि सञ्चालनमा आउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रुजलाई भर्चुअल माध्यमबाट लन्च गर्दैछन् ।
गंगा विलास नाम दिइएको क्रुजले स्विटजरल्याण्डका ३२ यात्रु बोकेर पहिलो यात्रा गर्नेछ । क्रुज वाराणसीको रविदास घाटबाट प्रस्थान गरी बंगलादेश, बिहार, बंगाल हुँदै असमको डिब्रुगढ पुग्नेछ। यसले कुल ५१ दिन यात्रा गर्नेछ ।
यो यात्रुवाहक जहाजले भारत र बंगलादेशका २७ नदी प्रणाली र गंगा, भागीरथी, मेघना, हुग्ली, जमुना, पद्मा र ब्रह्मपुत्र गरी सात नदीहरू पार गर्नेछ। यो यात्रामा ५० पर्यटकीयस्थल जोडिनेछ ।
यो विशेष जहाज कोलकाता नजिकैको शिपयार्डमा निर्माण गरिएको हो । गंगाविलास क्रुज सुरु भएपछि देशको रिभर क्रुज पर्यटनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै
-
‘साउन १ गतेदेखि बर्डफ्लुको संक्रमण देखिएको छैन’ : पशु सेवा विभाग
-
मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु


प्रतिक्रिया