जनयुद्ध दिवसकै दिन ‘पिर’ अभिव्यक्त गर्न चाहन्थे प्रकाश !

काठमाडौं । माओवादी जनयुद्धका योद्धाहरूका कथा बोकेको प्रकाश सपुतको गीत ‘पिर’ यतिबेला विवादमा परेको छ ।
गीतको भिडियोका केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्ध पूर्वयोद्धालाई यौनकर्मीको रूपमा देखाएको भन्दै गीतको सो अंशमाथि माओवादीका युवा नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।
यता गायक सपुतले भने यो गीत अझ फागुन १ गते जनयुद्ध दिवसकै दिन सार्वजनिक गर्ने आफ्नो चाहना रहेको खुलासा यसअघि नै गरेका थिए ।
तर, कोरोना कहरका कारण आफूमा काम गर्ने उत्साह नभएका कारण मिति फागुन २७ का लागि सरेको उनले यसअघि नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
‘फागुन १ गतेकै दिन यो गित रिलिज गर्ने योजना बनाएको थिए तर तेस्रो चरणको कोरोना कहरमा काम गर्ने उत्साह र उर्जा भएन’, उनको फेसबुक खोतल्दा फागुन १ गते नै यो खुलासा गरेको भेटिएको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया