जनयुद्ध दिवसकै दिन ‘पिर’ अभिव्यक्त गर्न चाहन्थे प्रकाश !
काठमाडौं । माओवादी जनयुद्धका योद्धाहरूका कथा बोकेको प्रकाश सपुतको गीत ‘पिर’ यतिबेला विवादमा परेको छ ।
गीतको भिडियोका केही अंशले सिंगो माओवादी केन्द्रलाई तरंगित बनाएको छ । जनयुद्ध पूर्वयोद्धालाई यौनकर्मीको रूपमा देखाएको भन्दै गीतको सो अंशमाथि माओवादीका युवा नेता तथा कार्यकर्ताहरूले आपत्ति जनाएका छन् ।
यता गायक सपुतले भने यो गीत अझ फागुन १ गते जनयुद्ध दिवसकै दिन सार्वजनिक गर्ने आफ्नो चाहना रहेको खुलासा यसअघि नै गरेका थिए ।

तर, कोरोना कहरका कारण आफूमा काम गर्ने उत्साह नभएका कारण मिति फागुन २७ का लागि सरेको उनले यसअघि नै सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
‘फागुन १ गतेकै दिन यो गित रिलिज गर्ने योजना बनाएको थिए तर तेस्रो चरणको कोरोना कहरमा काम गर्ने उत्साह र उर्जा भएन’, उनको फेसबुक खोतल्दा फागुन १ गते नै यो खुलासा गरेको भेटिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया