भारतको महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु
नयाँ दिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य थुप्रै यात्रु घाइते भएको अधिकारीले बताएका छन।
दुर्घटना महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा रहेको नासिक जिल्लाको सिन्नार क्षेत्रमा भएको हो । ‘आज बिहान यहाँ नासिक–शिर्डी राजमार्गमा वावी पठारे गाउँ नजिकै एउटा मालबाहाक ट्रकसँग बस ठोक्किँदा १० जनाको मृत्यु भएको छ, स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका छन् । निजी लक्जरी बस ठाणे जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको शिरडीको मन्दिरतर्फ गइरहेको थियो ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडितलाई राहात दिने घोषणा गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया