यतीको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ ।
उक्त विमानमा ६८ जना यात्रु र चालकदलका ४ जना रहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले बताए ।
पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ । प्रवक्ता सुदर्शन वर्तौलाका अनुसार आगो निभाउने प्रयास भइरहेको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।
जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको हो । उक्त दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन ।
यसरी भइरहेको छ दुर्घटना स्थलमा उद्धारकार्य :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया