पोखरा विमान दुर्घटना अपडेट : १९ जनाको शव निकालियो
काठमाडाैं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेकाहरूमध्ये १९ जनाको शव निकालिएको छ।
बिहान भएको विमान दुर्घटनामा १९ जनाको शव निकालिएको बाँकीको शव निकाल्ने क्रम जारी रहेको गण्डकी प्रदेश प्रहरी कार्यालका प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले सो जानकारी दिएका हुन् ।
काठमाडाैंबाट पोखरा गइरहेको विमानमा चालक दलका चार सदस्यसहित ६८ जना यात्रु सवार थिए । प्रमुख जोशीका अनुसार विमान पोखरा महानगरपालिका वडा नं १५ नयाँगाउँमा भएको हो । दुर्घटनास्थलको स्थिति हेर्दा बाँकी यात्रुहरू जीवितै रहने आशा निकै कम रहेको छ ।
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्रप्रहरीलगायतका सुरक्षाकर्मीहरूले सव संकलनकार्य भइरहेको उनले जानकारी दिएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया