हेर्दाहेर्दै यसरी खसेको थियो विमान
पोखरा । तनहुँको दुलेगौंडाबाट तीन दिनअघिमात्र माघे संक्रान्ति मनाउन आएकी थिइन् कल्पना सुनार । माइतीघरको आँगनमा उनी कपडा धुँदै थिइन् । आकासबाट चर्को आवाजमा जहाज भुईंतिर आइरहेको देखिन् ।
उनको मनमा चिसो पस्यो । ‘जहाज पूरै कोल्टिएर आइरहेको थियो, एक्कासी बम पड्केसरि ढ्वाङ्ग आवाज आयो‚’ आइतबार पोखरामा भएको यतिको जहाज दुर्घटनाकी प्रत्यक्षदर्शी उनले भनिन्, ‘यसो सेती खोंचतिर हरेकको कालो मुस्लोले छोप्यो ।’ घटनापछि घटनास्थल वरपर रुवाबासी चलेको थियो ।
बिहान ११ बज्नै लाग्दा पोखरा-७ घारीपाटनमा जहाज खसेको थियो । कोल्टिएर आएको जहाजको एउटा पखेटा स्थानीय गीता सुनारको घरभन्दा झन्डै १०/१२ मिटर नजिकै जमिनमा घिसारिएको थियो ।
त्यहाँबाट हुत्तिएको जहाजको अघिल्लो भाग सेतीखोंच पार गरेर पोखरा-१५ नयाँ गाउँतर्फ पुगेको थियो भने पछाडिको भाग सेती खोंचमा खसेको थियो ।
‘अलिकतिमात्रै यता जहाज खसेको भए बस्ती नै सखाप हुने रहेछ‚’ घटनास्थलनजिकै घर भएकी गीता सुनारले भनिन्, ‘जहाज दुर्घटना भएर यत्रो क्षति भयो । तर‚ बस्ती भने जोगियो ।’ माघेसंक्रान्तिको दिन भएकाले उनी बिहान मन्दिर गएर पूजाआजा गरेर फर्केर खाना खान लागेकी थिइन् ।
एक्कासी ठूलो आवाज सुनेपछि बाहिर निस्किएर हेर्दा जहाज दुर्घटनामा परिसकेको थियो । सेतीखोंच, ओल्लोपल्लो डिलमा पनि आगलागी भएको थियो । शवहरू यत्रतत्र छरिएका थिए । जहाज सुरुमा भुईंमा ठोकिएको स्थानमा जहाजका केही पार्टपुर्जा यात्रीका सानासाना ब्याग थिए ।
सडकमा खेल्दै गरेका बालबालिकाहरूले जहाजभित्रबाट रुवाबासी गरेको आवाज सुनेको बताए । चालकदलका ४ सदस्यसहित ७२ जना सवार जहाज दुर्घटनामा परेको हो । कान्तिपुरमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया