पोखरा विमान दुर्घटना : फेला परेन अझै ६ शव

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलायन्सको विमानमा सवार ६ जनाको शव अझै फेला परेको छैन । दुर्घटनामा सवार ७२ मध्ये ६६ को शव भेटिए पनि बाँकी ६ जनाको फेला नपरेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनील शाहीले संकलन भई पहिचान भइसकेका ६६ शव प्रक्रिया पूरा गरेर परिवारलाई हस्तान्तरण गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार, पहिचान नभएका, विदेशी नागरिक एवं काठमाडौंमा आफन्त भएका व्यक्तिको शव हेलिकप्टरमार्फत पठाउने तयारी गरिएको छ ।
६ जनाको शव भने अझैसम्म फेला परेको छैन । सेती नदीको अप्ठ्यारो खोचमा विमान दुर्घटना भएको र राति खोजी कार्य गर्न अप्ठ्यारो भएकाले सोमबार बिहानदेखि पुनः यसलाई निरन्तरता दिइएको सहायजक प्रजिअ शाहीले जानकारी दिए ।
चालक दलका सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको थियो । आन्तरिकतर्फको अहिलेसम्मकै ठूलो मानिएको दुर्घटनाको कारण खुलेको छैन ।
ताजा अपडेट
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
-
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाए
-
सुदूरपश्चिमका स्थानीय तहमा राजस्व वृद्धि कसरी ?
प्रतिक्रिया