६५ कोरोना सङ्क्रमित थपिए, १९२ सङ्क्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६५ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०६ जनाको पिसिआर परीक्षण गर्दा ५९ जना र एक हजार ६४१ एन्टिजेन परीक्षणमा छ जना गरी कूल ६५ मा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप १९२ सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६१ हजार ७० रहेको छ । कोरोना निको भएको दर ९८।३ प्रतिशत रहेको छ ।
यस अवधिमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको चार हजार ९१७ रहेको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया