चल्न थाल्यो नारायणी नदीमा ‘क्रुजसिप’
काठमाडौं । नारायणी नदीमा आइतबारबाट ‘क्रुजसिप’ सञ्चालनमा आएको छ । दुई वर्ष पहिले नै क्रुजसिपको परीक्षण गरिएको थियो । कोभिड माहामारी र केही नीतिगत व्यवधानका कारण क्रुजसिप सञ्चालनमा ल्याउन कठिन भएको कम्पनीले जनाएको छ ।
कम्पनीका कार्यकारी निर्देशक दीपक ढुङ्गेलका अनुसार सबै प्रक्रिया पूरा गरेर क्रुजसिप सञ्चालनमा ल्याइएको हो । तीन तलाको क्रुजसिपमा कुल एक सय ८० जना सवार गर्न सक्नेछन् ।
क्रुजसिपमा यात्रा गर्ने यात्रुहरुको १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमा सवार हुनका लागि टिकट सात सय, ब्रेकफास्ट क्रुजिङको एक हजार पाँच सय, लञ्च क्रुजिङ दुई हजार र डिनर क्रुजिङ दुई हजार पाँच सय तेकिएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन छ । एक पटकमा यात्रुले करिब एक घण्टा नारायणी नदीमा क्रुजको मज्जा लिन पाउनेछन् ।
क्रुजसिप निर्माणमा १५ करोड बढी खर्च भएको जनाइएको छ । क्रुज सञ्चालनका लागि ४० किलोमिटरसम्मको अनुमति लिइएको छ । क्रुजसिपभित्र रेष्टुराँ, कार्यक्रमका लागि स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्ट पनि निर्माण गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया