विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स
काठमाडौं । यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ ।
एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो ।
सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवङ्गत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
दुः खद घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया