नेता पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई भेट्न सुमेरु अस्पताल पुगेका छन् ।
उपमहासचिव पुनको स्वास्थ्य अवस्थाबारे बुझन प्रधानमन्त्री दाहाल अस्पताल पुगेका हुन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनकाे स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरबाट उनलाई उपचारका लागि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएकाे थियाे ।
स्वास्थ्यमा समस्या आएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए । जन्डिस रोगबाट पीडित पुनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि रोल्पाबाट काठमाडौं ल्याइएको थियाे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया