आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हट्यो
काठमाडौं । आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत परिपत्र जारी गर्दै सबै प्रकारको नगद मार्जिनको व्यवस्था हटाएको जनाएको छ ।
केन्द्रीय बैंकले विदेशी विनिमय सञ्चितिमा दवाव परेको भन्दै एक वर्षदेखि ५० देखि शत प्रतिशतसम्म नगद मार्जिनको व्यवस्था गरेको थियो ।
आयातमा अनिवार्य नगद मार्जिनको व्यवस्था हटेसँगै अब व्यवसायीहरूले कुनै पनि प्रकारको नगद मार्जिन राख्नुपर्ने बाध्यता हटेको छ । व्यवसायीहरूले सरकारलाइ केही समयदेखि नै आयातमा लगाएको शतप्रतिशत मार्जिन हटाउन दवाव दिँदै आएको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया