माओवादीका भ्रातृ संगठनको आरोप : ‘पिर’ले महिलाको चरित्र हत्या गर्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट केही भ्रातृ सङ्गठनले गायक प्रकाश सपुतको ‘पिर’ नामक गीतले तत्कालीन जनयुद्धमा लागेका महिलाको अपमान गरेको आरोप लगाएका छन् ।
अखिल नेपाल महिला सङ्घ, जनक्रान्तिका घाइते तथा अपाङ्गता योद्धा सङ्घ, जनसांस्कृतिक महासङ्घ र प्रेस सेन्टरलगायतले विज्ञप्ति प्रकाशन गरी गीतको भिडियोमा जनयुद्धमा होमिएका महिला र पुरुष अनैतिक कार्यमा पनि लागेको जस्तो व्यहोरा झल्कने गरी प्रस्तुत गरिएकाले यसले जनयुद्धप्रति नै अपमान गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
उक्त भिडियोका कतिपय प्रस्तुति आपत्तिजनक भएको भन्दै ती सङ्गठनहरुले सम्बद्ध व्यक्ति तथा निकायको ध्यानाकर्षण पनि गराएका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया