नवनिर्वाचित सभामुख घिमिरेले भने, ‘पार्टीको जिम्मेवारीबाट अलग भएको छु’
काठमाडौं । सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।
नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्षरूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हन् ।
विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल माघ ५मा प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’
बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो । निर्वाचनमा एक जनाले भने मत दिएका थिएनन् ।
ताजा अपडेट
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने


प्रतिक्रिया