आजदेखि चिकित्सक संघको निर्वाचन
काठमाडौं । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन सुरु भएको छ ।
समितिको नयाँ नेतृत्वका लागि आज माघ ६ र भोलि माघ ७ गते उपत्यका बाहिर निर्वाचन हुँदैछ । उपत्यका बाहिरका १६ वटा शाखामा आज बिहान ९ बजेदेखि ४ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृत डा धनवहादुर रानामगरले जानकारी दिए उनका अनुसार आज र भोलि हुने निर्वाचनमा छ हजार चार सय जना मतदानमा सहभागी हुँदैछन् ।
भोलि पनि सोही समयमा मतदान सुरु हुनेछ । काठमाडौँ उपत्यकामा भने यही माघ १९, २० र २१ गते निर्वाचन हुनेछ । निर्वाचनमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एक–एक जनाका दरले सात जना उपाध्यक्ष, महासचिव एक, कोषाध्यक्ष एक, सहसचिव एक, सहकोषाध्यक्ष एक र छ सदस्य गरी १९ पदमा प्रतिस्पर्धा हुँदैछ । त्यसैगरी सङ्घ परिषद् सदस्य ६० जनाको समेत निर्वाचन हुँदैछ ।
अध्यक्षमा तीन समूहले प्यानल बनाई चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्षका उम्मेदवारहरु डा. सन्तोष पौडेलको प्रगतिशील समूह, डा अनिलविक्रम कार्कीको लोकतान्त्रिक समूह र डा शिवजीविक्रम सिलवालको समूल स्वतन्त्र प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनमा मतदाता १२ हजार आठ सय ३४ जना छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया