मौसम विस्तारै अनुकूल भएसँगै उडान-अवतरण सहज हुँदै
काठमाडाैं । प्रतिकूल मौसमका कारण प्रभावित भएको हवाई उडान विस्तारै मौसमा सुधारभएसँगै सहज हुँदै गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको थियो । अहिले मौसम विस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ ।
आज विहान भिजिबिलिटी कम हुँदा विहान नेपाल एयरलाइन्सको जहाज अवतरण गर्न नसक्दा भारतको कोलकात्ता ‘डाइभर्र्ट’ भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसैगरी आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि उडान भरेको श्री एयरलाइन्सको विमान कम भिजिविलिटीका कारण भद्रपुर विमानस्थल पुगेको थियो ।
त्यस्तै भारतको मुम्बइबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो । मौसम अनुकूल बन्दै गएकाले अहिले उडान सामान्यरुपमा सञ्चालन भइरहेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया