जापानको मुद्रास्फीति दर ४१ वर्षकै उच्च
एजेन्सी । जापानको मुद्रास्फीति दर ४१ वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ ।
उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब्याङ्कलाई दबाब परेको छ ।
खाद्यान्नदेखि इन्धनसम्मका सबै उपभोग्य वस्तुको बढ्दो लागतको बाबजुद ब्याज दर नबढाउने घोषणा गरेर ब्याङ्क अफ जापानले लगानीकर्ताहरूलाई चकित पारेको छ । केही समयदेखि उपभोक्ता मूल्य भन्दा उत्पादन मूल्य तीव्र गतिमा बढ्दै गएको छ ।
शुक्रबार जारी गरिएको आधिकारिक तथ्याङ्क अनुसार मुद्रास्फीति सन् १९८१ यताकै उच्च विन्दुमा पुगेको छ । बजार मूल्य लगातार नवौंँ महिनामा बढेको छ जुन केन्द्रीय ब्याङ्कको दुई प्रतिशतको लक्ष्यभन्दा माथि छ ।
मूल्य वृद्धि पछि पनि विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान संसारको सबैभन्दा कम मुद्रास्फीति दर भएका देशका सूचीबाट बाहिरिएको छैन ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया