एउटै कम्युनिस्ट केन्द्र बनाउनेबारे पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनाउने पहल सुरु भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेकपा बहुमतका नेताहरूसँगको भेटमा उनले सच्चा कम्युनिस्ट पार्टीहरूबीच एउटै कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन् ।
‘समाजवादोन्मुख व्यवस्था हामीले संविधानमै गरिसकेका छौं । यसलाई सामान्य अर्थमा यसलाई बुझ्न मिल्दैन । दलहरूबीच समाजवादी बाटोमा जाने बारेमा छलफल भइरहेको छ’, संयोजक धर्मेन्द्र बास्तोलाको ज्ञापनपत्र बुझ्दै उनले भने, ‘समाजवादी यात्राको गन्तव्यमा पुग्नका लागि एउटै कम्युनिस्ट केन्द्र बनाउन आवश्यक छ ।’
भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
-
विशेष अदालतको फैसलामाथि सर्वोच्चमा पुनरावेदन
-
१० महिनामा वीरगञ्ज भन्सारबाट कति उठ्यो राजस्व ?
-
आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता
प्रतिक्रिया