एउटै कम्युनिस्ट केन्द्र बनाउनेबारे पहल भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिस्टहरूको एउटै केन्द्र बनाउने पहल सुरु भएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेकपा बहुमतका नेताहरूसँगको भेटमा उनले सच्चा कम्युनिस्ट पार्टीहरूबीच एउटै कम्युनिस्ट केन्द्र बनाउन आवश्यक रहेको बताएका हुन् ।
‘समाजवादोन्मुख व्यवस्था हामीले संविधानमै गरिसकेका छौं । यसलाई सामान्य अर्थमा यसलाई बुझ्न मिल्दैन । दलहरूबीच समाजवादी बाटोमा जाने बारेमा छलफल भइरहेको छ’, संयोजक धर्मेन्द्र बास्तोलाको ज्ञापनपत्र बुझ्दै उनले भने, ‘समाजवादी यात्राको गन्तव्यमा पुग्नका लागि एउटै कम्युनिस्ट केन्द्र बनाउन आवश्यक छ ।’
भेटमा नेकपा बहुमतका नेताहरूले प्रधानमन्त्रीसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने


प्रतिक्रिया