प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा कोइराला समूहमा असन्तुष्टि, बोलाए छुट्टै भेला
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतरको बैठक बत्तिसपुतलीमा बसेको छ । आइतबार बिहानदेखि जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा भइरहेको सहभागी एक नेताले बताए । ती नेताका अनुसार बैठकमा डा. शेखर कोइरालाले समसामयीक राजनीतिक विषयमा धारणा राखेका छन् । नेताहरूलाई सम्बोधन गर्दै कोइरालाले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डलई विश्वासको मत दिएर गल्ती गरेको बताएका छन् ।
‘प्रधानमन्त्रीको निर्वाचनको बेला तटस्थ बसौं भनेर प्रस्ताव राखेपनि सुनुवाइ नगरी बहुमतले निर्णय गरेकाले विश्वासको मत दिन बाध्य भएको हो’, कोइरालाको भनाइ उदृत गर्दै ती नेताले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्थेन । दिएर गल्ती गरियो ।’
२६ पुसमा देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत/नदिने विषयमा निर्णय लिन नसकेपछि सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका थिए । सो बैठकमा देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्ताव गरेका थिए । त्यतिबेला प्रस्तावको महामन्त्री द्वय विश्वप्रकाश शर्मा, गगन थापाल लगायत चार जनाले प्रस्तवको विरोध गरेका थिए । कोइराला मौन बसेका थिए ।
बैठकमा संसदीय दलको निर्वाचनमा आफ्नै समूहबाट उम्मेदवारलाई भोट नआएकोप्रति नेताहरूले प्रश्न उठाएको ती नेताले बताए । बैठकमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित भएका पदाधिकारी, उम्मेदवारहरू, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र प्रदेश सभापतिहरू सहभागी छन्। यस्तै पार्टीका महत्वपूर्ण निर्णय लिनुपर्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक नराखेको आरोप पनि कोइराला समूहले आरोप लगाएका छन्।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया