प्रधानन्यायाधीशविरुद्ध महाअभियोग पारित गर्न मानवअधिकार तथा शान्ति समाजको माग
काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गरी कानुनी कारबाही अघि बढाउन माग गरेको छ ।
समाजको चौबिसौँ बैठकले यस्तो माग गरेको अध्यक्ष गोविन्द खनालले आज जारी गरेको वक्तव्यमा उल्लेख छ । कपिलवस्तुको वाणगङ्गामा फागुन २७ र २८ गते सम्पन्न बैठकमा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी अधिकारकर्मी सहभागी थिए ।
‘बैठकले गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने आह्वानसहित आठ वटा प्रस्ताव पारित गरेको उनले जानकारी दिए । न्यायालय शुद्धिकरणका लागि विशेष पहल थाल्न आग्रहसहित निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव पारित गरी निजलाई पदच्युत गर्न र अनेकौँ अनियमिततामा संलग्न भएकाले छानबिन गरी कानुनी कारबाही गर्नसमेत बैठकले माग गरेको थियो ।
बैठकले रुसलाई तत्काल सेना फिर्ता गरी युद्ध रोक्न र युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षाका लागि योगदान गर्न आह्वान गरेको थियो । एक निष्पक्ष संस्थाको रुपमा शान्ति समाजको केन्द्रीय कार्यसमिति र जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यको विभिन्न निकायमा संलग्नताको सीमा सम्बन्धमा पनि बैठकले प्रस्ताव पारित गरेको थियो ।
फागुन २८ गते बिहान साङ्केतिक रूपमा वाणगङ्गा नदीमा सफाइ कार्यक्रमसहित बैठक समापन गरिएको थियो । यसै सेरोफेरोमा रक्तदान, शान्ति ¥याली, शान्ति दीप प्रज्वलनसहित आधादर्जन कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको सबै खर्च कपिलवस्तु शाखाले स्थानीयस्तरमा सङ्कलन गरी व्यहोरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया