७ खर्ब ९२ अर्बको आयात हुँदा निर्यात ८० अर्ब ८० करोड मात्रै, व्यापारघाटा ७ खर्ब नाघ्यो
काठमाडौं । चालु आव २०७९/८० को ६ महिनाको अवधिमा (साउन-पुस) सम्ममा ७ खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जुन गत वर्षको तुलनामा २०.६८ प्रतिशतले कम हो ।
गत वर्षको सोही अवधिमा नेपालले ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।
८० अर्बको निर्यात
भन्सार विभागको तथ्यांकअनुसार नेपालले ६ महिनाको अवधिमा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले घटेको छ । गत वर्षको ६ महिनाको अवधिमा नेपालले १ खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
७ खर्बको व्यापारघाटा
नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब बढी रकमको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा नेपालले ७ खर्ब ११ अर्ब ५ करोड ८ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १९.१५ प्रतिशतले कम हो ।
नेपालले गत वर्षको सोही अवधिमा ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँले व्यापारघाटा व्यहोरेको थियो ।
चालु आवको ६ महिनाको अवधिमा ८ खर्ब ७३ अर्ब ४७ करोड ३७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
१ खर्ब ८२ अर्ब अर्बको राजश्व संकलन
चालु आवको ६ महिनाको अवधिमा आयातित वस्तुबाट सरकारले १ खर्ब ८२ अर्ब ८४ करोड ४ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया