एम्बाप्पेको कीर्तिमानी ५ गोलमा पिएसजीको सानदार जित

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ ।
गएराति सम्पन्न खेलमा पाएस डी कासेललाई ७–० को फराकिलो गोलअन्तरमा हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो ।
यो खेलमा एम्बाप्पे एक्लैले पिएसजीका लागि पाँच गोल गरे । उनले २९ औं, ३४ औं, ४० औं, ५६ औं र ७९ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै उनी एकै खेलमा ५ गोल गर्ने पिएसजीका पहिलो खेलाडी समेत बनेका छन् ।
पिएसजीका लागि नेयमार र कार्लोस सोलेरले समान १–१ गोल गरे ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया