विमानमा क्रु मेम्बरलाई दुर्व्यवहार गर्ने यात्री पक्राउ
काठमाडौं । स्पाइसजेटको दिल्लीबाट हैदरावादको उडानमा क्याबिन क्रुका सदस्यसँग दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक यात्रीलाई पक्राउ गरेको छ ।
दिल्लीबाट हैदरावाद जाँदै गरेको स्पाइसजेटको उडान–८१३३ का केबिन क्रु सदस्यलाई दुर्व्यवहारको आरोपमा यात्री पक्राउ परेका हुन् ।
क्रु मेम्बरकी एक महिलाले उडान भर्ने क्रममा आफूमाथि यात्रीले दुर्व्यवहार गरेको उजुरी गरेकी थिइन् । लगत्तै उनलाई उडानबाट डिबोर्ड गरिएको र स्पाइसजेटको सुरक्षा र पीसीआर कर्मचारीले प्रहरी चौकीमा लगेको बिबिसी हिन्दीले लेखेको छ ।
पक्राउ परेका ती व्यक्तिलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी चौकीमा भारतीय दण्ड संहिताको धारा ३५४ ए (यौन उत्पीडन) अन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया