मापदण्ड भन्दा बढी धूँवा फाल्ने २५८ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा
काठमाडाैं । गत मंसिरदेखी हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारबाहीमा परेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखी अभियानै संचालन गरेर काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सवारी साधनको प्रदुषण चेक गर्दै आएको छ ।
वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अभियान सुरु भएदेखी हालसम्म ६४५ भन्दा बढी सवारी साधनको प्रदुषण चेक गरेको थियो । यो संगै काठमाडौँको बौद्ध टुसालमा आज गरिएको प्रदुषण चेकिङकै क्रममा ८ ओटा सवारी साधन कारबाहीमा परेका छन् । ४३ ओटा सवारी साधन चेक गर्ने क्रममा मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडा माइक्रो बस ४, बस २ र पिकअप २ गरी ८ ओटा सवारी साधन फेला परेका हुन् ।
मापदण्डभन्दा बढी धूँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदुषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले अभियानै संचालन गरेर प्रदुषण कारबाहीलाई तिब्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । सवारी साधन मर्मत पश्चात् पुन: चेक गराइ तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता लैजानुपर्ने छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया