एन्फाले सार्वजनिक गर्यो मोफसल फुटबल तालिका
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा हुन लागिरहेको नकआउट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ ।
मोफसलमा आगामी माघदेखि चैतसम्म नकआउट चरणका गेमहरू हुँदैछन् । एन्फाले त्यसअन्तर्गतका ११ प्रतियोगिताको तालिका मंगलबार सार्वजनिक गरेको हो ।
यसअघि मोफसलमा १४ प्रतियोगिता हुने गरेकोमा यसपटक झरेर ११ मा आएको हो ।
तालिकाअनुसार माघ २६ देखि चैत १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछन् ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया