लाजियोसँग एसी मिलानको लज्जास्पद हार
काठमाडौं । इटालियन सिरी ए फुटबलमा लाजियोसँग एसी मिलानले लज्जास्प हार ब्यहोरेको छ ।
गएराति सम्पन्न खेलमा मिलानलाई लाजियोले ४–० को फराकिलो गोलान्तरमा पराजित गरेको हो ।
लाजियोका सेर्जिग मिलिन्कोभिचले चौथो मिनेटमा गोलको खाता खोल्दै सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा अर्को गोल थप्दै माटिया जाकाग्नीले अग्रता दोब्बर बनाए । खेलको ६७ औं मिनेटमा लुइस अल्बर्टो र ७५ औं मिनेटमा फेलिपे एन्डरसनले १–१ गोल गर्दै लाजियोलाई ४–० को जित दिलाए ।
योसँगै लाजियोले १९ खेलमा ३७ अंक बटुलेर तेस्रो स्थानमा छ भने मिलान ३८ अंक जोडेर दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया