आत्मदाह गर्ने प्रेमप्रसादलाई बचाउन नसकेकोमा गृहमन्त्रीले मागे माफी

काठमाडाैं । मंगलबार नयाँ वानेश्वरस्थति संसद् भवन अगाडि आफूले आफैँलाई आगो लगाएर आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाइ बचाउन नसकेकोमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले माफी मागेका छन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत राजनीतिक दल र नेताको रुपमा आचार्यप्रति आशा जगाउन नसकेकोमा माफी मागेका हुन् ।
गृहमन्त्री लामिछानेले लेखेको स्टाटस यस्तो छ :
‘एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो। दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’
प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु भइसकेको छ । आचार्यलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो । त्यही उपचारका क्रममा बुधबार बिहान उनको मृत्यु भएको हो ।
३७ वर्षीय आचार्य इलामको सूर्योदय नगरपालिकाका स्थायी बासिन्दा थिए । मंगलबार उनले लामो स्ट्याटस लेख्दै संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आगोले उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया