सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य बुधबार सामान्य घटेको छ । बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगबलार छापावाल सुनप प्रतितोला एक हजार रूपैयाँ बढेर एक लाख ६ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार सात सय कायम भएको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य स्थिर छ । बुधबार चाँदी मंगलबारकै मूल्य प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया