आत्मदाह प्रहरणमा शेखर– घटना दोहोरिन नदिनेतर्फ सोच्ने कि सत्ताको अंकगणितमा अल्झिने ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरण राज्यका लागि लज्जा भएको टिप्पणी गरेका छन् ।
संसद भवनअगाडि मंगलबार आफ्नै शरीरमा आगो लगाएर इलामका ३७ वर्षीय आचार्यको आत्मदाह प्रयास गरेका थिए । मंगलबार उद्धार गरेर अस्पताल पुर्याइएका उनको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनालाई लिएर सिंगो राष्ट्र तरंगित बनिरहेका बेला कोइरालाले यसबारे टिप्पणी गरेका हुन् । उनले अब पनि सत्ताको अंकगणितमा लाग्ने कि यस घटनाको पछाडिको कारणबारे बहस गरेर यस्ता घटना पुनारावृत्ति हुन नदिने भनी प्रश्न गरेका छन् ।
उनले प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’
ताजा अपडेट
-
आज विश्व खाद्य सुरक्षा दिवस मनाइँदै, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी
-
आज २९ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
साउन १ देखि नयाँ डिम्याट खाता खोल्दा र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने


प्रतिक्रिया