आत्मदाह प्रहरणमा शेखर– घटना दोहोरिन नदिनेतर्फ सोच्ने कि सत्ताको अंकगणितमा अल्झिने ?
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरण राज्यका लागि लज्जा भएको टिप्पणी गरेका छन् ।
संसद भवनअगाडि मंगलबार आफ्नै शरीरमा आगो लगाएर इलामका ३७ वर्षीय आचार्यको आत्मदाह प्रयास गरेका थिए । मंगलबार उद्धार गरेर अस्पताल पुर्याइएका उनको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।
घटनालाई लिएर सिंगो राष्ट्र तरंगित बनिरहेका बेला कोइरालाले यसबारे टिप्पणी गरेका हुन् । उनले अब पनि सत्ताको अंकगणितमा लाग्ने कि यस घटनाको पछाडिको कारणबारे बहस गरेर यस्ता घटना पुनारावृत्ति हुन नदिने भनी प्रश्न गरेका छन् ।
उनले प्रश्न गरेका छन्, ‘हामी अझै युवाले गरेको आत्मदाह र त्यस पछाडिको कारणवारे वहस गरेर अब त्यस्तो परिस्थिति दोहोरिन नदिने वातावरणको श्रृजना गर्ने कि सत्ताको अंकगणित मै अल्झिरहने ?’
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया