सुष्मालाई बक्सिङमा रजत पदक
काठमाडाैं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले यू–२२ बक्सिङ च्याम्पियनशिपमा रजत पदक जितेकी छन् ।
थाइल्यान्डको बैङ्ककमा आज भएको महिला ४८ किलो तौल समूहको फाइनल खेलमा सुष्माले उज्वेकिस्तानकी खेलाडी फोजिलोभा फार्जोनासँग पराजित हुँदै रजत पदक जितेकी हुन् । सुष्मालाई अङ्कका आधारमा ५–० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् ।
फाइनलमा पराजित भए पनि सुष्माले ऐतिहासिक रजत पदक हात पारिन् । नेपाली बक्सिङको इतिहासमा सुष्मा फाइनलमा पहिलो पटक पुगेको र एसियाली च्याम्पियनशिपमा नेपालले रजत पदक जितेको पनि यो पहिलो पटक हो । यसअघि नेपालले एसियास्तरमा कास्य पदक जितेको थियो ।
त्यस्तै यसअघि सेमिफाइनलमा सुष्मा मङ्गोलियाकी जनारगुली बाइस्येनबाइलाई पराजित गर्दै फाइनल पुगेकी थिइन् । प्रतियोगितामा नेपालबाट तीन महिला र समान तीन पुरुष खेलाडीको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया