२७ वर्षअघि भ्रष्टाचार गर्ने २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २७ वर्षअघि सार्वजनिक जग्गा दुरुपयोग गर्नेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले शुक्लागण्डकी नगरपालिका वडा नं १६ स्थित हिमाली प्रा.वि. तनहुँका तत्कालीन व्यवस्थापन समितिका अध्यक्षसहित २० जनाविरुद्ध सार्वजनिक जग्गा दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहरसहित मुद्दा दायर गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको २०५१ बैशाख ११ गतेको वैठकले गैरकानूनी रूपमा सार्वजनिक जग्गामा व्यक्तिगत आवास निर्माणका लागि अनुमति दिएको थियो । त्यसबापत व्यवस्थापन समितिका सदस्यहरुले १ लाख ६९ हजार ५१ रुपैयाँ घुस लिएर भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
अख्तियारले दायर गरेको रिटमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानिया, सदस्य सचिव तथा प्रधानाध्यापक यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँलाई मुख्य अभियुक्त किटान गरेको छ ।
उनीहरूले सरकारी जग्गा भोगचलन गर्ने, गराउने कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (१) (ज) बमोजिम कारबाहीको माग गरेको हो । अख्तियारले गैरकानूनी रूपमा सरकारी जग्गा भोगचलन गर्नेबाट जग्गा जफत गर्नसमेत विशेष अदालतसमक्ष माग गरेको छ ।
ताजा अपडेट
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
-
अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
प्रतिक्रिया