सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ७ हजार नजिक
काठमाडौं । मंगलबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्यले बिहीबार उक्त रेकर्ड ताेड्दै नयाँ रेकर्ड कायम गरेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला सात सय रूपैयाँले उकालो लागेर एक लाख ६ हजार ९ सय रूपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावल सुन प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ४ सय रूपैयाँ कायम भएको छ ।
त्यस्तै बुधबार स्थिर चाँदीको मूल्य बिहीबार तोलामा १५ रूपैयाँ बढेर एक लाख ३८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया