ट्राफिकद्धारा चोरीका २१ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकाको एकान्त ठाउँमा सवारीसाधन पार्किङ गर्दा बढी हराउने गरेको बताए । “सवारी साधनमा डिक्स लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्नुपर्छ”, उनले भने ।
लाखौँ रुपैयाँ तिरेर किनेको सवारी साधनको सुरक्षामा पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । महाशाखाका अनुसार चालकको लापरबाही, सुनसान क्षेत्रमा पार्किङ, सवारी साधनमा ह्वील लक नगर्नाले धेरै सवारी साधन चोरी हुने गरेका छन् ।
महाशाखाले दुई महिनाको अवधिमा ८८ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । महाशाखाले आफ्नो सवारी साधन हराउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लग इन गरेर अनलाइनमार्फत समेत निवेदन दिन सबैलाई आग्रहसमेत गरेको छ ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया