खुर्सानीको धुलो आँखामा छरेर ४२ तोला सुन र १२ लाख लुटियो
काठमाडौं । सुन व्यवसायीको आँखामा खुर्सानीको धुलो छर्केर लुटेराको एक समूहले रु १२ लाख र ४२ तोला सुन लुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार यही फागुन २५ गते राति २०ः२३ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चुच्चेपाटीमा व्यवसायीको आँखामा खुर्सानी हालेर कुटपिट गरी लुटपाट गरिएको हो ।
चाबहिलस्थित ओमशाही टञ्च सेन्टर सुन पसल बन्द गरी कोठा फर्कने क्रममा भारत महाराष्ट्र घर भई चुच्चेपाटी बस्ने ३४ वर्षीय अमोल भोस्लेमाथि यसरी लुटपाट भएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । प्रहरीको अनुसन्धानमा उनीहरूले तीन दिनदेखि उक्त घटनास्थल नजिकै रहेको एक क्याफेमा बसेर सुन व्यवसायीको गतिविधि निगरानी गरी योजनासमेत बनाएर लुटेका छन् ।
यसरी लुटपाटमा संलग्न भएकामध्ये अहिलेसम्म दुई जनालाई पक्राउ गरिएको परिसरले जनाएको छ । पक्राउपर्नेमा दाङका महेश विश्वकर्मा र राजेन्द्र सिन रहेका छन् । अन्य फरार भएकाको खोजी जारी रहेको जनाइएको छ । उनीहरुका साथबाट प्रहरीले रु एक लाख ६६ हजार र प्रयोग भएको मोटरसाइकल, खुँडा, तरवारलगायत सामग्री बरामद गरिएको छ ।
उक्त घटनाका सम्बन्धमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४४ को ‘डाँका गर्न नहुने’ कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीवृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया