५ हजार परीक्षण गर्दा ५८ जनालाई मात्र कोरोना सङ्क्रमण
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार ४१८ जनामा कोरोना परीक्षण गर्दा ५८ जनामा सङ्क्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ८१९ जना रहेको छ । पछिल्लो समय १४८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६१ हजार २१८ पुगेको छ । निको हुने दर ९८।३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।
मन्त्रालयका अनुसार २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा ललितपुर, काठमाडौं, चितवन, कास्की, बाँके र रुपन्देही रहेका छन् । शून्य सङ्क्रमित भएको दुई मात्र जिल्ला मनाङ र जुम्ला रहेको छ ।
नेपालमा सङ्क्रमण दर १७.८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८१९, संस्थागत आइसोलेसनमा ९८, आइसियुमा ३५ र भेन्टिलेटरमा छ जनाको उपचार हुँदैछ । विगत २४ घण्टामा आज ९२ हजार ४८ जनाले खोप लगाएका छन् ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया