अदालतको फैसलापछि रविका दाइको ढाडस – ‘हिम्मत नहार भाइ, यो देशमा लाखौं रविहरु तयार हुनेछन्’
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नागरिकता सम्बन्धी मुद्दामा दोषि ठहर गरेपछि उनका दाजु हरिशरण लामिछानेले समाजिक सञ्जालमा भावुक स्टाटस पोष्ट गरेका छन् ।
भाइलाई ढाडस दिँदै उनले राजनीतिको यात्रा लामो भएको भन्दै हिम्मत नहार्न सुझाएका छन् ।
स्टाटसमा उनले आफू पनि भाइलाई साथ दिन राजनीतिमा आउने प्रतिज्ञा व्यक्त गरेका छन् । ‘राजनीतिको यात्रा लामो छ भाइ, हिम्मत नहार । अबको यात्रामा म पनि आउँला । यो देशमा लाखौं रविहरु तैयार हुनेछन्,’ उनले लेखेका छन् ।
अदालतलको फैसलासँगै लामिछानेको सांसद तथा मन्त्री पद खारेजी भएको छ । योसँगै अब उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि नरहने भएका छन् ।
नेपालको संविधानअनुसार विदेशी मुलुकको नागरिकता लिएपछि नेपाली नागरिकता कायम रहँदैन । विदेशी नागरिकता आफूखुसी लिएको वा नेपाली नागरिकता त्यागेको दुवै अवस्थामा नेपाली नागरिकता कायम हुँदैन । यस्तो अवस्थामा नेपाली नागरिकता पुनः प्राप्त गर्न कानुनले तोकेको प्रक्रिया पूरा गर्नैपर्छ ।
लामिछानेले यही प्रक्रिया पूरा नगरी खारेज भइसकेको नागरिकताकै आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका कारण उनको पद बदर भएको हो ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया