अदालतको फैसलासँगै प्रधानमन्त्रीसामु रविले बुझाए राजीनामा
काठमाडौं । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दोषि ठहर गरेसँगै उनले राजनीनामापत्र बुझाएका छन् ।
उनले आजै बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामापत्र बुझाएका हुन् ।
लामिछाने प्रचण्डले पहिलोपटक गरेको मन्त्रिपरिषद् विस्तारमा उपप्रधान तथा गृहमन्त्री भएका थिए । राजनीतिमा होमिएको ६ महिनामै उक्त पदमा पुगेका लामिछाने अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि नरहने भएका छन् ।
नागरिकता पुनः प्राप्तीको पक्रिया पूरा नगरेको भन्दै अदालतले आज उनको सबै पद बदर गरेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया