रास्वपाद्वारा संयमता अपनाउन अपिल, निर्धारित सबै कार्यक्रम स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशमा गर्ने भनिएका सबै कार्यक्रम स्थगित गरेको छ । पार्टीका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले एक विज्ञप्ति जारी गरी रास्वपाको केन्द्रीय समितिको निर्णयबमोजिम माघ १४ देखि प्रदेशमा तय गरिएका प्रदेश समितिको विस्तारित बैठक तथा सङ्गठन विस्तारका सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
प्रवक्ता डा. ढकालले विशेष परिस्थितिका कारण अर्को सूचना जारी नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गरेको बताए ।
सर्वोच्च अदालतले शुक्रबार सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको विषयमा फैसला गर्दै सांसद पद नरहने निर्णय गरेको थियो । रास्वपाले पार्टीका लागि चुनौतिको यस घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकलाई संयमता साथ प्रस्तुत हुन अनुरोध गरेको छ ।
ताजा अपडेट
-
भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित नियन्त्रणमा
-
हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री ओली
-
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेकाे छुट
-
हिमालयले आज जलवायुको सबैभन्दा ठूलो भार बोकेकाे छ : परराष्ट्रमन्त्री
-
संसदीय समितिबाट निजामती विधेयक पास, २ वर्ष कुलिङ पिरियड, उमेर हद ६० वर्ष
प्रतिक्रिया