एपिएफलाई टाइगर कप भलिबलको उपाधि
काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ ।
पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो ।
पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५–२२ ले जित्यो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५–२२ अङ्कले जित्दै विजेता बनेको हो ।
एपिएफले रू पाँच लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले रू दुई लाख ५० हजार प्राप्त गरेको छ ।
प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच खेल सुरु भएको छ ।
भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुफ अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया