स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौँको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्याङ्करले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौँ महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको महमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
दुर्घटनामा सङ्लग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले बताए ।
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया