अनेरास्ववियुले महाधिवेशन प्रचारमा भित्तेलेखन नगर्ने

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिए ।
उनका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उनको भनाइ छ । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ ।
महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र काठमाडौँका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए । जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।
ताजा अपडेट
-
नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया
-
टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
प्रतिक्रिया