बालुवाटारमा प्रचण्ड–ओली ‘फेस टु फेस’

काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालवीच बालुवाटारमा भेटघाट भइरहेको छ ।
माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा एमालेप्रति नरम हुन नसक्ने निष्कर्ष निकालेलगत्तै उनीहरूबीच भएको भेटलाई महत्वका साथ हेरिएको छ ।
सरकार गठनका लागि दुई पार्टी एकै गठबन्धनमा भएपनि एकअर्कावीच विश्ववासकाे वातावरण बन्न सकेको छैन । माओवादी केन्द्रले एमालेको हातमा शक्ति केन्द्रीत हुन दिन नहुनेमा जोड दिएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटघाट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनीहरूबीचको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरसांसदको हैसियतले गृहमन्त्रीको रूपमा पुर्नवहाली गर्ने विषयले पनि प्रवेश पाउने अनुमान गरिएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया