रूस र बेलारुसका खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन दिनु हुँदैन : जेलेन्स्की
काठमाडौं (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ओलम्पिक खेलकुदमा रुसलाई भाग लिन अनुमति दिन नहुने बताएका छन् । वस्तुस्थितिको सही विवेचनाविपरीत त्यसो गरिएमा त्यसले आतंकवादलाई ‘अनुमोदन’ गरेको सन्देश दिने उनको भनाइ छ ।
सन् २०२४ मा पेरिसमा आलेम्पिक खेलकुद हुँदैछ । जसमा देशको प्रतिनिधित्व नगरी रुस र बेलारुसका खेलाडीलाई प्रतिस्पर्धा गर्न दिने निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले गरेको छ । जसको अर्थ खेलाडीले आफ्नो देशको प्रतिनिधित्व नगरी तटस्थ रूपमा मात्रै भाग लिनेछन् । तर युक्रेनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग यसबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।
‘ओलम्पिकजस्तो प्लेटफर्म रुसलाई प्रचारप्रसारका लागि प्रयोग गर्न दिनु हुँदैन,’ जेलेन्स्कीले भने ।
तर युक्रेनले सन् २०२४ मा हुने पेरिस ओलम्पिकमा रुस र बेलारुसका खेलाडी सहभागी भए उक्त कार्यक्रम बहिष्कार गर्ने चेतावनी दिएको छ ।
‘रूसी खेलाडीहरूलाई ओलम्पिकमा भाग लिन अनुमति दिनु भनेको सम्पूर्ण विश्वलाई आतंक स्वीकार्य छ भन्नु हो,’ जेलेन्स्कीले एक भिडियो सन्देशमा भनेका छन् ।
रसियालाई यो खेल वा अन्य कुनै पनि खेलकुद कार्यक्रममार्फत प्रचार वा उसको राष्ट्रवादलाई बढावा हुने अवसर दिन नहुने जेलेन्स्कीको तर्क छ ।
बेलायतले पनि रुसी खेलाडीलाई तटस्थतामा ओलम्पिकमा सहभागी हुन दिने योजनाको निन्दा गरेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया