महाधिवेशनको तयारीका लागि जनपरिचालन कमिटी गठन

काठमाडौं । नेकपा (एमाले) को भातृसङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आशन्न २३औँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि एक हजार एक सय ११ सदस्यीय परिचालन कमिटी गठन गरेको छ ।
सङ्गठनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुनिता बरालको अध्यक्षता आज काठमाडौंमा आयोजित उपत्यकास्तरीय कार्यकर्ता भेलाले उपाध्यक्ष उमेश आचार्यको नेतृत्वमा जनपरिचालन समिति गठन गरेको हो ।
समितिमा केन्द्रीय सदस्य, बागमती प्रदेश कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, उपत्यकाका तीनवटै जिल्ला कमिटी र उपत्यकाका त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस कमिटीका अध्यक्ष छन् ।
सङ्गठनले मुलुकका सबै क्याम्पस, जिल्लाका मुख्य सहर र प्रदेश राजधानीमा ब्यानरसहित प्रचारका लागि विशेष सर्कुलर जारी गरेको अनेरास्ववियुका प्रचार विभागका सचिव नवराज ढकालले जानकारी दिएका दिए।
प्रचार विभाग प्रमुख नरेश रोकायाका अनुसार एक हजार सात सय प्रतिनिधिको उपस्तिथिमा अनेरास्ववियुको महाधिवेशन आउँदो फागुन २ मा काठमाडौँमा हुनेछ ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया