सातदोबाटोमा ट्याक्सी र कार ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । ललितपुरको सातदोबाटो नजिक गएराति कार र ट्याक्सी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्याक्सीमा सवार सरोजकुमार विक र कारमा सवार धनबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा परी दुवै सवारी साधनमा सवार छ यात्रु घाइते भएको ललितपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। कोटेश्वरबाट सातदोबाटोतर्फ गइरहेको बा २ ज ३४२० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ४ च १ नम्बरको कार ठोक्किँदा घाइते भएका यात्रुको बिएण्डबी अस्तापलमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया