काठमाडौ महानगरका कर्मचारीको सम्पत्ति छानविन गराउँदै मेयर बालेन
काठमाडौं । कर्मचारीले हैरान पारेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्ना कर्मचारीहरुको सम्पत्ति छानबिन गर्ने भएका छन् ।
उनले पहिलो चरणमा महानगरका महाशाखा प्रमुखहरुको सम्पत्ति छानविन गरिदिन अख्तियार अनुसन्धार दुरुपयोग आयोगसँग आग्रह गरेका छन् ।
त्यसअघि मेयर बालेन्द्र शाहले कर्मचारीको सम्पत्ति छानविन गरिदिन राष्ट्रिय सतर्कता केन्द्र र नेपाल प्रहरीसँग आग्रह गरेका थिए ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानविन तथा जाँच गर्ने प्रमुख निकाय अख्तियार जान सुझाएपछि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलाई भेटेर यस्तो आग्रह गरेका हुन् । उनले सुरुमा कम्तिमा पनि महाशाखा प्रमुख, केहि इञ्जिनियर र लेखा विभागका कर्मचारीहरुको सम्पत्ति जाँच गर्न आग्रह गरेका छन् ।
स्रोतका अनुसार मेयर बालेन्द्रले सम्पत्ति जाँच गर्नुपर्ने कर्मचारीको सूची नै बोकेर हिडेका छन् ।
महानगरमा करार, ज्यालादारी समेत गरि करिब २१ सय जना कर्मचारी कार्यरत छन् । काठमाडौं महानगरपालिकाको विभिन्न महाशाखाका प्रमुख, विभागीय प्रमुख, शाखा प्रमुख, वडा सचिव, केही नगर प्रहरीलगायत विभिन्न शाखामा कार्यरत तल्लोतहदेखि माथिल्लो तहसम्मका कर्मचारी छन् ।
कर्मचारीबाट विभिन्न बहाना देखाएर सेवाग्राहीलाई झुलाउने, दुस्ख र अन्तिममा कमिशन तथा घुस खाएर मात्रै काम गर्ने विकृती नरोक्किएपछि मेयर बालेन्द्रले नयाँ रणनीति बनाएका हुन् ।
वडा स्तरमा कार्यरत कर्मचारीहरु समेत कमिसनको लोभमा टेण्डर तथा कोटसनका काममा बढी ध्यान दिन थालेको मेयर बालेन्द्रको ठहर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया